
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम शाहले सरकारका मन्त्रीको सम्पत्ति सार्वजनिक नभएको बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद शाहले मन्त्रीको सम्पत्ति सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।
‘सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । मन्त्रीहरूको सम्पत्ति कहिले सार्वजनिक गर्छ ? भ्रष्टाचारको फाइल खोल्ने आशा गर्नु नाटक हो ?,’ उनले प्रश्न गरे ।