०५ साउन २०८३, मंगलबार

अर्थ सचिवमा उपाध्यायको स्वागत, डा. घिमिरेको बिदाइ

माघ २९, २०८१
काठमाडौं
अर्थ सचिवमा उपाध्यायको स्वागत, डा. घिमिरेको बिदाइ

अर्थ मन्त्रालयमा घनश्याम उपाध्यायलाई अर्थ सचिवको रूपमा स्वागत गरिएको छ भने डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ सचिवमा नियुक्त गर्ने र घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अर्थ मन्त्रालयमा स्वागत तथा बिदाइ कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको नेतृत्वमा उपाध्यायले राष्ट्र र जनताका अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । 

उनले अर्थ सचिवका रूपमा घिमिरेले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन गरेको योगदानको प्रशंसा गर्दै उनको अनुभव आगामी दिनमा पनि अर्थ मन्त्रालयका लागि उपयोगी रहने बताए ।

अर्थ सचिव उपाध्यायले राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि र थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव घिमिरेले सरकारको विश्वासमा रहँदै राजस्व सचिव र अर्थ सचिवको रूपमा काम गर्न पाएको अनुभवलाई अर्थतन्त्र सबल बनाउन निरन्तर उपयोग गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्