१२ असार २०८३, शुक्रबार

नेपालीले खान्छन् दैनिक ३ करोडको आयातीत तरकारी

मंसिर ६, २०७४
नेपालीले खान्छन्  दैनिक  ३ करोडको  आयातीत तरकारी

काठमाडौँ, ६ मङ्सिर- राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत नेपालको परनिर्भरता अत्यासलाग्दो देखिएको छ । यसको पछिल्लो उदाहरण तरकारी बनेको छ । नेपालीहरूले दैनिक सरदर ३ करोड २२ लाख रुपैयाँबराबरको आयातीत तरकारी खाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ, नयाँ पत्रिकामा खबर छ  ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिना (साउनदेखि असोजसम्ममा) भारतबाट २ अर्ब ९० करोड ३८ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढी हो । नेपालले गत आव ०७३-७४ को पहिलो तीन महिनामा २ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।

नेपालीले काम गर्न छाडेकै कारण तरकारीको आयात बढेको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जयमुकुन्द खनाल बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्