
आइसिसी च्याम्पियन्स ट्रफी शुरू हुनुअघि नै अस्ट्रेलियाली क्रिकेट टोली समस्यामा परेको छ । आईसीसीका अनुसार फास्ट बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले प्रतियोगिताका लागि पठाइएको अष्ट्रेलियाली टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
मिचेल स्टार्कअघि प्याट कमिन्स, जोस हेजलउड र अलराउन्डर मिचेल मार्स टोलीबाट बाहिर भइसकेका छन् ।
अस्ट्रेलियाली क्रिकेट टोलीका अलराउन्डर मार्कस स्टोइनिसले पनि संन्यास लिएका छन् ।
यस्तो अवस्थामा अष्ट्रेलियाको १५ सदस्यीय टोलीमा यसपटक ५ नयाँ खेलाडी देखिनेछन् ।
प्याट कमिन्सलाई हटाएपछि अष्ट्रेलियाले स्टिभ स्मिथलाई यो प्रतियोगिताको कप्तान बनाएको छ ।