१६ असार २०८३, मंगलबार

ज्ञवालीको रिटमाथि सुनवाइ सुरु

कात्तिक २०, २०७४
ज्ञवालीको रिटमाथि सुनवाइ सुरु
काठमाडौँ, ५ माघ-सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु गरेको छ । 

ज्ञवालीले पुनःबहालीको माग राख्दै आज सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले प्रारम्भिक सुनवाइ गर्दै अन्तरिम आदेश दिने÷नदिने सम्बन्धमा विपक्षलाई उपस्थिति गराउने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आदेशमा विपक्षीलाई ज्ञवालीलाई हटाएर र नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित हुन भनिएको छ ।

सोमबार ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन दिनुभएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो ।

गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्