२९ जेठ २०८३, शुक्रबार

खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण

फागुन १, २०८१
काठमाडौं
खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनर्निर्माण गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ । 

विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब १० लाखको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनःनिर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिए।

बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिए । 

नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्