२३ जेठ २०८३, शनिबार

आफन्तलाई मिठाई किन्न जाँदा कार दुर्घटना, बिहेकै दिन बेहुलाको मृत्यु

फागुन १, २०८१
काठमाडौं
आफन्तलाई मिठाई किन्न जाँदा कार दुर्घटना, बिहेकै दिन बेहुलाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा बिहे भएको केही घण्टामै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । १२ घण्टाअघि मात्रै विवाह गरेका युवकको आफ्ना साथीहरूसँग मिठाई किन्न गाडीमा जाँदै गर्दा दुर्घटनामा ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाटोमा सडक छेउमा राखिएको ट्रकसँग कार ठोक्किएको थियो । दुर्घटनामा दुलाहासहित २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृतकको नाम सतीश हो । हालै उनले मिरगञ्जको संग्रामपुर गाउँकी स्वातीसँग विवाह गरेका थिए । दुवै परिवारमा हर्षोल्लासका साथ मनाइँदै थियो । सबै अनुष्ठान सकिएपछि बेहुलीलाई बिदाइ गरेर सम्पूर्ण परिवार घर पुगेका थिए ।

त्यसपछि राति केही आफन्तको बिदाईका लागि मिठाई ल्याउन भनिएको थियो । यसपछि दुलहा सतीश आफैं साथीहरूसँग मिठाई किन्न गएका थिए । तर बाटोमा दुर्घटना भयो र सतीशको शव घर पुग्यो ।

आजतकको रिपोर्टका अनुसार सतीश आफ्नो काका सचिन, भाउजू विजनेश, साथी रोहित र अन्य एक व्यक्तिसँग मिठाई किन्न कारमा शहरतर्फ गएका थिए। दुर्घटना इज्जतनगर प्रहरी चौकी इलाकामा भएको बताइएको छ ।

ढाबा नजिकै तीव्र गतिमा आएको कार अनियन्त्रित भई सडक छेउमा राखिएको ट्रकमा ठोक्किएको समाचारमा उल्लेख छ । विजनेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जना गम्भीर घाइते भएका थिए । यो खबर सुनेपछि बेहुली बेहोस् भएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्