२३ असार २०८३, मंगलबार

धन कमाउन साउदी गएका मनिराजको निधन

धन कमाउन साउदी गएका मनिराजको निधन

रुकुम, ६ मंसिर– रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । 

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ । 

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्