
रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव आयोजना गरेको छ ।
आज (फागुन १) शुरू भएर ३ गते (फेब्रुअरी १३-१५, २०२५) सम्म सञ्चालन हुने प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने रिलायन्स इन्टरनेशनल एकेडेमीले जनाएको छ ।
प्रदर्शनीमार्फत् करिब ५ हजार विद्यार्थीहरू लाभान्वित हुने आयोजकको अपेक्षा छ। विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य रहेको छ ।
प्रदर्शनीमा ४९ स्टलहरू रहनेछन्, जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम् प्रविधिहरू समेटिने छन् ।