
प्रहरीले सुनजस्तो देखिने धातुसहित नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ली बस्ने २७ वर्षीय महेश अम्रुत मानी र भारत महाराष्ट्र सोलापुर बस्ने २४ वर्षीय राहुल खंडु सरक रहेका छन् ।
बिहीबार बिहान पक्राउ परेका उनीहरूको साथबाट करिब ३ सय १८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त धातुसहित पक्राउ गरेको हो ।