चीनले संयुक्त राज्य अमेरिकालाई उसका ‘गलत कदमहरू’ सच्याउन आग्रह गरेको छ ।
“आफ्नो शून्य–योग मानसिकता त्याग्न, आफ्ना गलत कामहरू सच्याउन, बहुपक्षीय व्यापार प्रणालीको सही मार्गमा फर्कन र अन्य देशहरूसँग समान स्तरमा परामर्शको माध्यमबाट सम्बन्धित चिन्ताहरू सम्बोधन गर्न काम गर्न चीनले अमेरिकासँग आग्रह गर्दछ,” चिनियाँ वाणिज्य मन्त्रालयका एक प्रवक्ताले बिहीबार भने ।
स्टिल र आलुमनियमको आयातमा अमेरिकी कर वृद्धिबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हे योङकियानले नियमित पत्रकार सम्मेलनमा उक्त भनाइ राखेका हुन् ।
वास्तवमा, विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को एक समितिले सन् २०२२ को सुरुमा नै अमेरिकी करवृद्धिले डब्ल्युटिओ नियमको धारा २३२ उल्लङ्घन गरेको फैसला सुनाएको थियो।
प्रवक्ताले भने, अनुसार,“संयुक्त राज्य अमेरिकाले स्टील र आलुमनियममा आफ्नो विद्यमान कर वृद्धिमा धारा २३२ मात्र कायम राखेको छैन तर आलुमनियम उत्पादनहरूमा थप करहरू बढाएको छ र अन्य देशहरूको अधिकार र हितलाई गम्भीर रूपमा हानि पुर्याएको छ । यसले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर रूपमा कमजोर पारेको छ र विश्वव्यापी आपूर्ति श्रृङ्खलामा प्रभाव पारेको छ ।”