१२ असार २०८३, शुक्रबार

नोकियाको आक्रामक पुनरागमन, सबै कीर्तिमान तोड्यो (भिडियो सहित)

कात्तिक २०, २०७४
नोकियाको आक्रामक पुनरागमन, सबै कीर्तिमान तोड्यो (भिडियो सहित)
काठमाडौं, ५ माघ — हो, सही सुन्नुभयो । नोकियाले स्मार्टफोन बजारमा पुनरागमन गरेको छ । नोकिया कम्पनीले नोकिया ६ बजारमा आउने घोषणा गरेपछि सबैखाले कीर्तिमान तोडेको छ । नोकिया ६ का पाँच लाख प्रिअर्डर भइसकेका छन् ।


नोकिया ६ को मूल्य लगभग २७ हजार रुपैयाँ छ ।

नोकियाले ग्याजेट उद्योगमा पुनरागमन गरेर ठूलो हल्लाखल्ला गर्न सफल भएको छ । नोकियाले पहिला नै एक विश्वासिलो नाम बनाइसकेको थियो र अहिले आएर नोकियाको लोगो भएको फोनमा एन्ड्रोइड एप्लिकेसनसहित स्मार्टफोन लउन्च हुने भएको छ ।

नोकियाले यो स्मार्टफोन ल्याएपछि नोकियाका फ्यानहरू धेरै खुशी भएका छन् । अनि नोकियाले अरू स्मार्टफोन पनि ल्याउने संकेत दिएको छ ।

नोकिया ६ मा ५.५ इन्चको एचडी डिस्प्ले छ । यसमा क्वालकम स्न्यापड्रागन ४३० चिपसेट छ । चार जीबीको –याम र ६४ जीबीको इन्टर्नल स्टोरेज यसमा रहेको छ । यसको १६ मेगापिक्सेल रियर क्यामेरा र आठ मेगापिक्सल फ्रन्ट क्यामेरा छ । यसले वाइड एंगल सेल्फी पनि लिन सक्छ ।

मोबाइल वर्ल्ड कांग्रेसभन्दा ठ्याक्कै अघि फागुन २६ गते स्पेनको बार्सिलोनामा हुने एक समारोहमा भाग लिनका लागि नोकियाले निमन्त्रणा पठाइसकेको छ । शायद त्यही समारोहमा नोकिया ६ लउन्च हुनेछ ।

हेरौं भिडियो :



एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्