२२ जेठ २०८३, शुक्रबार

कपिल शर्माको फिल्म फिरंगीको रिलिज डेट स–यो

कपिल शर्माको फिल्म फिरंगीको रिलिज डेट स–यो

काठमाडौं, ६ मंसिर — कपिल शर्माको कमेडी पिरियड ड्रामा फिरंगीको रिलिज डेट सरेको छ । यही हप्ता रिलिज हुनुपर्ने फिल्मको मिति सारिएको छ ।

सूत्रहरूले बताएअनुसार, फिल्मलाई सेन्सर बोर्डबाट सर्टिफिकेट प्राप्त भएको छैन । त्यसले गर्दा निर्माताहरू चिन्तित छन् । 

फिल्मलाई सेन्सर बोर्डले बिहीवार मात्र सर्टिफिकेट दिन सक्ने अनि त्यसैले गर्दा शुक्रवार फिल्म रिलिज हुन नसक्ने देखिएको हो । 

केही समयअघि कपिल र उनको टोलीले फिल्म १० नोभेम्बरमा रिलिज हुने बताएका थिए । तर त्यो टरेर २४ नोभेम्बरमा आइपुग्यो । अब सर्टिफिकेट कुरिरहेको फिल्म कहिले रिलिज हुन्छ केही निश्चित छैन । 

कपिलको प्रोडक्सन हाउस के९ फिल्म्सले बनाएको फिल्म राजीव ढिंगराले निर्देशन गरेका हुन् । फिल्ममा कपिलबाहेक इशिता दत्त र मोनिका गिल पनि देखिएका छन् । यो सन् १९२० को सेटिङमा बनेको फिल्म हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्