२८ असार २०८३, आइतबार

राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकारः अर्थमन्त्री पौडेल

फागुन २, २०८१
काठमाडौं
राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकारः अर्थमन्त्री पौडेल

 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । 

स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको आज उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे । 

पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्