
हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज तराईंका केही भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।