१० साउन २०८३, आइतबार

कोशी प्रदेश प्रिमियर लिगः सुपर लिग समीकरण पूरा

फागुन ३, २०८१
सुनसरी
कोशी प्रदेश प्रिमियर लिगः सुपर लिग समीकरण पूरा

धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग समीरण पूरा भएको छ । 

प्रदेशका ११ जिल्लाका च्याम्पियन क्लबबीच भएको समूह चरणको लिगमा समूह विजेता टिम सुपर लिग (अन्तिम चार) मा प्रवेश गरेका छन् । 

समूह ‘ए’ बाट पाँचथर युनाइटेड, ‘बि’ बाट उदयपुरको गाईघाट फुटबल क्लब, ‘सि’ बाट धनकुटाको देउराली युथ क्लब र समूह ‘डि’ बाट खोटाङको बुइपा–११ क्लब सुपर लिगमा प्रवेश गरेका हुन् ।
शुक्रबार धरान रङ्गशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी तीन अङ्क बटुल्न सफल भएको थियोे ।

कूल चार अङ्क भएको बुइपा समूह विजेता हुँदा धरान फुटबल क्लबले एक अङ्क र प्रगतिशीलले भने कुनै अङ्क जोड्न सकेन । बुइपाका लागि डिकेन राई र मिलन राईले गोल गरेका थिए । एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

    समूह ‘सि’ अन्तर्गत अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि दुवै समूह सुपर लिगबाट बाहिर भएका हुन् । धाइजनका लागि सागर रसाइली र पुजन थापाले गोल गरेका थिए भने रेडहर्षका लागि विनोद धमला र साँगे शेर्पाले गोल गरे । रेडहर्षका विनोद धमला म्यान अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत लिगको विजेता र उपविजेता समूह राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्नेछन् । लिग विजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने समूहले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्