
काठमाडौं, ६ मंसिर - सरकारले चार जना डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको गृह सचिव कृष्ण मोहन सापकोटाले जानकारी दिए ।
उनीहरु यस अघिनै एआइजी बढुवाको सिफारिसमा परेका थिए । यी चारै जना आइजीपी प्रकाश अर्यालसँगै प्रहरी निरीक्षक बनेका थिए ।