२५ जेठ २०८३, सोमबार
चियाको बदलिंदो रूप

शहरमा ‘टी कल्चर’ : थरीथरी नाम, स्वादमा भेराइटी

फागुन ३, २०८१
बुटवल
शहरमा ‘टी कल्चर’ : थरीथरी नाम, स्वादमा भेराइटी

बुटवलमा तरकारी व्यापार गर्ने अर्घाखाँचीका नेत्र आचार्य साँझपख सुख्खानगरस्थित चिया चौतारीमा भेटिन्छन् । चिया/कफीका पारखी तथा फ्रेस बजारका सञ्चालक नेत्रलाई चिया चौतारीको बुक क्याफेमा चिया पिउँदै एक/डेढ घण्टा पुस्तक पढ्ने बानी परिसकेको छ । 

चौतारीमा पाक्ने बेग्लै स्वादको चियाले आचार्यलाई मात्रै होइन धेरै युवालाई तानेको छ । चिया चौतारीमा धेरै युवाको जमघट भइरहन्छ । ‘बिहान/साँझ व्यापारसँगै दिउँसो र साँझपख एकछिन ‘रिफ्रेस’ हुन पसलबाट निस्किँदा चिया खाने बानी परिसकेको छ’ नेत्र भन्छन्, ‘साँझतिर चिया कफीको मीठो स्वादले छुट्टै आनन्द प्रदान गर्छ ।’ 

दिउँसोदेखि साँझसम्म भीड लाग्ने चिया चौतारीमा नेत्रजस्तै युवा पुस्ताको आकर्षण छ । पाँच वर्ष अघि सञ्चालनमा आएको चिया चौतारी अहिले चिया संस्कृतिसँगै बौद्धिक बहस र छलफल गर्ने केन्द्र पनि बनेको छ । चिया चौतारीका सञ्चालक प्रेम अर्याल भन्छन्, ‘थरिथरि चियाका स्वाद र ‘लाइब्रेरी’मा पढ्दै चियाको चुस्की लिने जमातको यहाँ भीड नै लाग्छ ।’ चौतारीका सञ्चालक अर्याल दैनिक विभिन्न थरिका २५० भन्दा बढी कप चिया बिक्री गर्छन् । 

१३ वर्ष कतारमा मजदुरी गरेका सुरज श्रेष्ठले हालै बुटवलको योगिकुटीमा ‘चियाग्राम’ सञ्चालनमा ल्याएका छन् । फरकफरक स्वादको चिया पस्किनेगरी उनले चियाग्राम शुरूआत गरेको हुन् । ‘हामीले पाहुनालाई पहिलो सत्कार गर्ने नैं चियाबाट हो,’ सुरज भन्छन्, ‘आफ्नै ठाउँमा आफ्नो मौलिकतालाई ‘डेभलप’ गर्न जुटेको छु, चियालाई क्वालिटीमा पस्किने प्रयत्न जारी छ ।’ 

null

उनले नर्मल, मट्का, कटिङ, ग्रीनसहित विभिन्न स्वादका फरक–फरक चिया खुवाउँछन् । हालसालै खुलेको चियाग्रामको स्वादले ग्राहकलाई पच्छाइरहेको छ । कुनै बेला कालो, रातो र सेतोमा मात्र सीमित चिया अहिले विभिन्न ‘भेराइटी’ मा पाइन्छ । पचासको दशकसम्म बुढापाकाले बढी पिउने चियामा अहिले युवा पुस्ताको पनि रस बसेको छ । 

null

चलचित्र निर्माता तथा निर्देशक गणेशदेव पाण्डेले दुई वर्षअघि बुटवलमा खोलेको ‘चियावाला’मा अहिले दैनिक बाक्लै जमघट हुन्छ । तिनाउपारि बुटवल निमचोकमा चियावाला शुरू गरेका पाण्डेले अहिले पसल ट्राफिक चोकमा सारेका छन् । काठमाडौंमा पनि चियावाला सञ्चालन गरेका पाण्डे बुटवलमा पनि त्यहीँ मौलिकपन सहितको चियावाला सञ्चालन गरेको बताउँछन् । आफूले विभिन्न स्वादका १०० थरि चिया बनाउने पाण्डे दाबी गर्छन् । ‘सामान्य रूपमा शुरूआत गरिने चिया व्यापार अहिले व्यवसायीक बन्दै गएको छ,’ पाण्डे भन्छन्, ‘पहिले सामान्य कमाईका लागि चिया पसल गरिन्थ्यो । अहिले व्यावसायिक रूपमा चिया पसल खोल्ने ‘ट्रेन्ड’ चलेको छ ।’ बुटवलसँगै काठमाडौंमा पनि आफ्नो पसलले बढी चर्चा कमाइरहेको पाण्डेको भनाइ छ । 

null

चिया पसलमा ग्राहक आकर्षित गर्न व्यवसायीहरूले विभिन्न उपाय र विधि अपनाइएका छन् । कम लगानीमै व्यवसायमा जम्न सकिने भएकाले चिया पसलहरू खुल्ने क्रम बढ्दो छ । बुटवल होराइजन चोकमा ‘नाइन्टी फोर चिया पसले’ धेरै युवाको रोजाइँमा छ । चियाका पारखीलाई गफगाफमा रमाउने वातावरणसमेत बनेको छ । 

‘ठाउँअनुसार चियाको स्वाद र गुणस्तरमा फरक पर्छ,’ चिया पारखी विवेक भट्टराई भन्छन्, ‘नेपालमा चिया खाने संस्कार दिनप्रतिदिन बढ्दो छ । तर, गुणस्तरमा नेपालीको त्यति ध्यान दिँदैनन् ।’ शहरिया व्यस्त दैनिकीबाट केही समय थकान मेट्न र ‘रिफ्रेसमेन्ट’को लागि पनि चिया पिउने गर्छन् । बुटवल सुख्खानगरस्थित ‘चिया होलिक’मा गुन्द्रीमा बसेर चिया खानेको संख्या पनि ठूलो छ । चिया होलिक पनि युवाहरू माझ लोकप्रिय छ । 

null

बुटवलको तिनकुनेमा ‘चिया सुड्डा’ छ । त्यहाँ पनि युवाहरू चिया खान जम्मा हुन्छन् । युवा पुस्ताले चिया पसललाई आपसमा भेटघाट, गफ गर्ने र समय बिताउने थलो बनाएका छन् । सर्वसाधारणको चिया लतलाई लक्षित गरेर शहरका विभिन्न सेन्टरमा थप आधुनिक र स्वादिलो बनाएर व्यवसाय सञ्चालन गर्ने क्रम बढ्दो छ । सामान्यतया चिया पसलमा भेट्ने, पत्रपत्रिका अध्ययन गर्ने र कपमा चुस्कीसँगै वर्तमान/समसामयिक विषयमा गफिने क्रम पनि बढ्दो छ ।

शहरका हरेक सामान्यदेखि ‘फाइभ स्टार’ होटलसम्म चिया बनाइएकै हुन्छ । तर, सामान्य लगानीमा चियाको फरक स्वाद पस्किने क्रम बढ्दो छ । अधिकांश मानिसले आफ्नो दैनिकी चिया खाएरै शुरू गर्छन् । चियाप्रति नेपालीको आदत बढ्दै जाँदा शहरमा अनौठा नाम र फरक शैलीका चिया पसलहरू खुल्न थालेका छन् । 

null

चिया पसलले जीवनशैलीलाई रमाइलो र विविध बनाएको छ । चिया व्यवसायीले पसल सारसज्जा र गर्ने र तस्बिर खिच्नकै लागि भए पनि ग्राहकले एक कप चिया पिउने वातावरण बनाएका छन् । 

चिया पसल खोलेरै कतिपय व्यावसायिक रूपमा सफलसमेत भइरहेका छन् । पसलहरूमा खुला ठाउँ, रमाइलो चहलपहल, मौलिकता झल्काउने सजावट र चाहेअनुसार समय बिताउन सकिने भएकाले ग्राहकको आकर्षण छ । सामान्य चिया पसलकोभन्दा चिया ब्राण्ड बनाएका पसलमा चियाको मूल्य केही महंगो हुन्छ । न्यूनतम ३० रुपैयाँदेखि १०० रुपैयाँसम्मका चिया यी पसलहरूमा पाइन्छन् । 

null

विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने व्यवसायीक पेशाकर्मीहरू चिया खान र विश्राम गर्न आउँछन् । कम आर्थिक लगानी र सहजै शुरू गर्न सकिने चिया पसललाई अझ नयाँ र मौलिक रूप दिँदै लाने हो भने चिया पसलबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् यी पसलहरू ।

null

salt training

कमेन्ट गर्नुहोस्