
नेपाली कांग्रेस प्युठानले प्रतिनिधि सभा सदस्य सूर्य थापाका व्यवहार र गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी सभापति विष्णु गिरीले विज्ञप्ति जारी गर्दै प्युठानबाटै निर्वाचित सांसद थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत अस्वाभाविक चरित्र देखाउने र बहुदलीय सिद्धान्तलाई अनदेखागरी निरन्तर असमावेशी स्वाभाव देखाएको आरोप लगाएका हुन् ।
सांसद थापाले जिल्लाकी समानुपातिक सांसद निमा गिरीसमेतको आतिथ्यतामा हुने एक कार्यक्रमको ब्यानर टाँस्न नदिने, कर्मचारीलाई थर्काउने र सरुवाको धम्की दिनेजस्ता अलोकतान्त्रिक चरित्र देखाई घृणा फैलाउने (हेट स्पीच) कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।
सांसद थापाले समानुपातिक सांसदलाई इंगितगरी 'उनीहरूको कुनै जिम्मेवारी नभएको र फुर्सदै फुर्सद भएको, नागरिकको घरदैलोमा पुगेको विषयलाई ‘क्याटवाक गर्दै हिँडेर विकास हुन्छ र ?’ विकास बजेटको अवमूल्यन र विरोध गर्नेलगायत गतिविधि गरेको कांग्रेसको ठहर छ । यस्ता गलत अभिव्यक्ति नदिन कांग्रेसले थापाको ध्यानाकर्षणसमेत गराएको छ ।
सांसद थापाको अभिव्यक्ति संविधानको मर्मविपरीत र समावेशी, समानुपातिक प्रणालीमाथिको आक्रमण भएको कांग्रेस लुम्बिनी सांसद निमा गिरीले बताइन् । ‘प्युठान जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाई भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?’ निमाले भनिन् ।
तर, सांसद् थापाले भने आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् । कांग्रेसको विज्ञप्तिपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कांग्रेस प्युठानले आफूविरुद्ध कुप्रचार गरेको आरोप लगाएका छन् ।
उनले पार्टीको जिल्ला नेतृत्वमा भएका केही व्यक्तिहरूले आफ्नाविरुद्ध कुप्रचार गरिरहेको दाबी गरेका हुन् ।
यस्तो छ थापाको स्टाटस