०५ साउन २०८३, मंगलबार

अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ : अर्थमन्त्री पौडेल

फागुन ३, २०८१
कास्की
अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।

गण्डकी प्रादेशिक कार्यालय कार्यालय भवनको आज पोखरामा उद्‌घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताए ।  

देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनले बताए ।

देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको स्पष्ट पारे ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहेको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए  ।

सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्