२३ जेठ २०८३, शनिबार

अटो व्यवसायलाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गर्नुपर्छ : नाडा अध्यक्ष चौधरी​​

फागुन ३, २०८१
बुटवल
अटो व्यवसायलाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गर्नुपर्छ : नाडा अध्यक्ष चौधरी​​

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष अरुण चौधरीले अटो व्यवसायलाई अत्यावश्यक व्यवसायमा वर्गीकरण गर्न माग गरेका छन् ।

अटो व्यवसाय विलासिताका क्षेत्रमा पर्दा बैंकिङ लगानीदेखि व्यवसाय वृद्धिमा राज्यबाट आवश्यक सहयोग नपाएको बताउँदै उनले अटो व्यवसायलाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गर्नुपर्ने बताए ।

नाडा लुम्बिनीको साधारणसभामा भाग लिन रुपन्देही आएका चौधरीले सवारी साधन व्यक्तिको आर्थिक उन्नतिको अत्यावश्यक वस्तु भएकाले उत्पादनमूलक व्यवसायमा वर्गीकरण गर्न समस्या नहुने बताए ।

नाडा लुम्बिनीको चौथो साधारणसभा शनिबार हुँदैछ ।

‘मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको छ । अटो क्षेत्र चलायमान हुँदा अर्थतन्त्रमा २९ प्रतिशतसम्म अर्थतन्त्रमा योगदान दिएको थियो । यसैले अटोको योगदानलाई राज्यले सम्झनुपर्छ,’ उनले भने ।

अहिले अटो व्यवसाय घट्दा अर्थतन्त्रमा योगदान १९ प्रतिशतमा झरेको छ ।

अध्यक्ष चौधरीले अटो व्यवसायप्रति राज्य सहयोगी नहुँदा व्यवसायीहरू पलायन हुन लागेको बताउँदै स्वदेशमै बसेर अटो व्यवसाय संचालन गर्ने वातावरण बनाइदिन माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्