
दोलखामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
भीमेश्वर नगरपालिका- ३ बस्ने विजय लामाको लामा भान्सा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- ५ बस्ने ३४ वर्षीय सागर थापासहित ११ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट ५१ हजार ९ सय ९० रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।