१३ असार २०८३, शनिबार

पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते

फागुन ३, २०८१
काठमाडौं
पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

खैरपुर राष्ट्रिय राजमार्गमा चालकले तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

यात्रुहरू पूर्वी पञ्जाब प्रान्तबाट सेहवान सहरमा एउटा धार्मिक पर्वका लागि यात्रा गरिरहेका थिए ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।

खराब सडक, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाही ड्राइभिङका कारण पाकिस्तानमा सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्