१९ असार २०८३, शुक्रबार

समायोजित पेट्रोलियम पदार्थको मूल्य लागू

फागुन ४, २०८१
काठमाडौं
समायोजित पेट्रोलियम पदार्थको मूल्य लागू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य समायोजन लागू भएको छ । 

निगमले भारतबाट नयाँ मूल्यसूची पाएसँगै शनिबार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाउने र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाउने निर्णय गरेको थियो । यो निर्णय आइतबारदेखि लागू भएको छ । 

निगमका अनुसार नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको १६८ रूपैयाँ र डिजेल र मट्टितेलको १५६ रूपैयाँ प्रतिलिटर पर्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्