२३ जेठ २०८३, शनिबार

सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

फागुन ४, २०८१
काठमाडौं
सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

सरकारले ल्याएका अध्यादेशमा सहमति जुटाउन सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ । 

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा एमाले, कांग्रेस, जसपा नेपाल, जसपा, लोसपा, जनमत र नाउपाका दलका दुवै दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाइने उनले बताए ।

शनिबार बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो ।

संघीय संसद्‌का दुवै सदनको बैठक आइतबार दिउँसो सवा १ बजे बस्ने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्