२४ जेठ २०८३, आइतबार

अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्यबारे जानकारी लिन सभामुख पनि अस्पताल पुगे

फागुन ४, २०८१
काठमाडौं
अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्यबारे जानकारी लिन सभामुख पनि अस्पताल पुगे

पोखरामा शनिबार भएको बेलुन विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यबारे जानकारी लिन सभामुख देवराज घिमिरे कीर्तिपुर बर्न अस्पताल पुगेका छन् । 

उनी केहीबेर अघि अस्पताल पुगेको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् । दुवै जनालाई आईसीयूमा  राखिएको छ । 

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा आगोमा परेर पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।

सभामुख घिमिरेलाई अस्पतालका निर्देशक किरण किशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराए । 

यसअघि आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि अस्पताल पुगेर दुवैजनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, गृहमन्त्री रमेश लेखकसहितका नेताहरू शनिबार साँझै अस्पताल पुगेरका अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्