३१ जेठ २०८३, आइतबार

उत्तर कोरियाली सेनामा महिलामाथि दुर्व्यवहार सामान्य

उत्तर कोरियाली सेनामा महिलामाथि दुर्व्यवहार सामान्य

काठमाडौं, ६ मंसिर — उत्तर कोरियाकी एक पूर्व महिला सैनिकले संसारको चौथो सबभन्दा ठूलो सेनाको हालत खराब भएको बताएकी छन् । अधिकांश महिला सैनिकको रजस्वला समयअघि नै रोकिने उनको भनाइ छ । 

ली सो येआन नामक ती सैनिकले उत्तरको सेनामा महिलामाथि बलात्कार जिन्दगीको तीतो सत्यका रूपमा रहेको बताइन् । 

ती सैनिक १० वर्षसम्म दुई दर्जन अन्य महिलासँग एउटा कोठामा बसिन् । हरेक महिलालाई एउटा दराज दिइएको थियो जसमा उनीहरूले दुईवटा तस्वीर झुण्ड्याउन पाउँथे । एउटा तस्वीर उत्तरका संस्थापक किम इल सुङको हो भने अर्को चाहिँ किम जोङ–उनको हो ।

लीले उत्तर कोरिया छोडेको १० वर्ष बितिसकेको छ । तर उनको दिमागमा त्यहाँका यादहरू ताजै छन् । 

उनी भन्छिन्, ‘धानको भुसबाट बनेको ओछ्यानमा हामी सुत्थ्यौं । पसिनाको दुर्गन्ध ओछ्यानमा पनि पुग्थ्यो । अ कुराको गन्ध पनि ओछ्यानमा हुन्थ्यो ।’
नुहाउने र लुगा धुने राम्रो व्यवस्था नहुँदा यस्तो हालत उत्पन्न हुन्थ्यो । 

महिलाका रूपमा सबभन्दा ठूलो समस्या राम्ररी नुहाउन नपाउनु पनि हुन्थ्यो । उनका अनुसार, तातो पानीको व्यवस्था गरिएको थिएन । पहाडका झरनाहरूमा एउटा पाइप जोडेर पानी ल्याइन्थ्यो ।
पानीबाट भ्यागुता र सर्प पनि निस्कन्थे । 

एकचालीस वर्षीया ली एउटा विश्वविद्यालयका प्राध्यापककी छोरी हुन् र उनी देशको उत्तरी भागमा हुर्केकी हुन् ।

उनको परिवारका अधिकांश मानिस सैनिक थिए र देशमा सन् १९९० मा आएको विनाशकारी अकाल आउँदा पेट भनएका लागि उनी सेनामा प्रवेश गरिन् । त्यसबेलामा हजारौं महिलाले पनि यसै गरे ।

'नर्थ कोरियाज हिडन रिभोल्युसन' नामक किताबकी लेखिका जिउन बेक अकालका कारण उत्तर कोरियाका महिलाहरूलाई समस्या उत्पन्न भएको बताउँछिन् । महिलाहरूले मजदूरी गर्नुपरेको र उनीहरूमाथि बलात्कार र यौन हिंसा हुने गरेको उनी लेख्छिन् ।

कठिन तालिम र कम खानेकुरा पाइने कारणले गर्दा महिला सिपाहीको शरीरमा असर परेको उनी बताउँछिन् । तनावग्रस्त वातावरण र कुपोषणका कारण सेनामा महिलाको रजस्वला ६ महिनादेखि एक वर्षसम्म रोकिन्थ्यो । 

उनका अनुसार, महिला सैनिकहरू रजस्वला बन्द हुँदा खुशी हुन्थे किनकि रजस्वलाका कारण उनीहरूका लागि मुश्किल हुन्थ्यो । 

सेनामा रजस्वलाका लागि कुनै नियमकानून नभएको र उनी अनि उनका साथीले त्यही स्यानिटरी प्याड फेरि प्रयोग गर्नुको विकल्प नरहेको उनी बताउँछिन् । 

दुर्गम क्षेत्रमा खटिएका महिला सैनिकलाई निजी शौचालयको सुविधा छैन । केही महिला सैनिकले पुरुषकै अगाडि शौच गर्नुपरेको समेत बताए । 

गरीब महिलाहरूलाई प्रायः निर्माण ब्रिगेडमा भर्ती गरिन्छ र उनीहरूलाई ससाना ब्यारेक वा झुप्रोमा राखिन्छ । त्यो उनीहरूका लागि धेरै असुरक्षित हुन्छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्