२३ असार २०८३, मंगलबार

जब एउटा रोबोटले आफूभन्दा ठूला १२ रोबोटलाई अपहरण गर्‍यो...[भिडियो]

फागुन ४, २०८१
काठमाडौं
जब एउटा रोबोटले आफूभन्दा ठूला १२ रोबोटलाई अपहरण गर्‍यो...[भिडियो]

चीनको सांघाईमा एउटा रोबोटले अन्य १२ रोबोटलाई अपहरण गरेको घटनाले संसारलाई चकित पारेको छ । 

गत नोभेम्बरमा एउटा सानो एआई-सञ्चालित रोबोट ‘एरबाई’ ले १२ वटा ठूला रोबोटहरूलाई एउटा रोबोटिक्स शोरुमबाट अपहरण गरेको हो ।

यो घटना सीसीटीभी क्यामेरामा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ ।

नोभेम्बर २०२४ मा सांघाईस्थित एक रोबोटिक्स कम्पनीको शोरुममा प्रवेश गरेको एरबाई नामक सानो रोबोटले त्यहाँ प्रदर्शनमा राखिएका ठूला रोबोटहरूसँग कुराकानी गर्न शुरू गर्‍यो । 

शुरूआती कुराकानीपछि एरबाईले ती रोबोटहरूलाई ‘ओभरटाइम’ काम गरिरहेको हो कि होइन भनेर सोधेको क्यामेराको फुटेजमा देखिएको छ ।

त्यसपछि, एरबाईले दुई ठूला रोबोटलाई जागिर छोड्न र आफूसँग हिंड्न आग्रह गर्‍यो । ती दुई रोबोट मात्र नभएर आश्चर्यजनक रूपमा, अन्य १० रोबोटहरू पनि स्वतः एरबाईको पछि लागे ।

शोरुममा रहेका कर्मचारीले रोबोट हराएको देखेपछि अनुसन्धान शुरू भयो । रोबोटहरूलाई कहाँ लगियो भन्ने प्रारम्भिक जानकारी बाहिर आएन, तर शोरुमकै सीसीटीभी क्यामेराले देखाएको दृश्य भाइरल भएपछि कम्पनीले घटना वास्तविक भएको पुष्टि गर्यो ।

तर पछि युनिटरी रोबोटिक्सले यसलाई एक नियन्त्रित परीक्षणको रूपमा व्याख्या गरेपछि घटना सामसुम भयो । 

तर उक्त कम्पनीका अनुसार अन्य रोबोट अपहरण गर्न गएको रोबोटले अनुमान भन्दा बढी कुराकानी गरेको थिए । 

यो घटनाले एआई नीति र रोबोटको स्वतन्त्रताबारे गम्भीर प्रश्न उठाएको विश्लेषकहरू बताउँछन् ।

भिडियो :

-साउथ चाइना मार्निङ पोस्टको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्