१२ असार २०८३, शुक्रबार

पाथीभरा केबलकारको पक्षमा उभिएको भन्दै दलियो कालोमोसो

फागुन ४, २०८१
विराटनगर
पाथीभरा केबलकारको पक्षमा उभिएको भन्दै दलियो कालोमोसो

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेको भन्दै मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताले एक जनालाई कालो मोसो दल्दै कुटपिट गरेका छन् ।

आज दिउँसो धरान ९ हङकङ होटलमा भित्र किरात याक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलन भइरहेको अवस्थामा मुकुम्लुङ संरक्षण समिति सुनसरीका पदाधिकारीहरूले याक्थुम चुमलुङका  केन्द्रीय कार्यसमितिका उपाध्यक्ष पदम लिम्बूलाई कालो मोसो दलेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।

अधिकारीका अनुसार उनीहरूले हातपात गर्दै कालोमोसो दलेका थिए ।

लिम्बूले  केबलकारको पक्षमा सार्वजनिक रूपमा बोलेको र विरोध गर्नेलाई गाली गरेको आरोप लगाइएको छ ।

मोसो दल्नेमा जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतीलगायतका रहेको जनाइएको छ ।

उनलाई मोसो दलेर माफी माग्न लगाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्