०५ असार २०८३, शुक्रबार

आईसक्रीमको लाइब्रेरी कहिल्यै देख्नुभएको छ ?

आईसक्रीमको लाइब्रेरी कहिल्यै देख्नुभएको छ ?

काठमाडौं, ६ मंसिर — आजकल फोहरमैलाको सदुपयोग गरी मानिसहरू सुन्दर भवन बनाउन थालेका छन् । यस्तै गरी फालिएको आईसक्रम कपबाट बनेको सुन्दर लाइब्रेरीको बारेमा हामी यहाँ कुरा गर्दैछौं । 

इन्डोनेसियामा बनेको यो लाइब्रेरीमा मानिसहरू पढ्नका साथसाथै कला हेर्न पनि आउने गरेका छन् । 

बाङडुङमा बनाइएको यो लाइब्रेरीको वातावरण शान्त छ । प्लास्टिक कपहरूको थुप्रो लागेपछि यहाँ लाइब्रेरी बनाउने अवधारणा बनेको हो । त्यसबाहेक कपहरूलाई सांकेतिक भाषामा लगाइएको छ । 

फालिएका फोहरमैलाको उपयोग गर्न सकिन्छ भन्ने सन्देश यो लाइब्रेरीले दिएको छ । दुई हजार आईसक्रीम कपबाट बेको लाइब्रेरीका भित्ताहरू अर्धपारदर्शी छन् । दिनभरि लाइब्रेरीमा प्राकृतिक उज्यालो छाउँछ भने राति बिजुलीबत्तीले लाइब्रेरीलाई झनै सुन्दर बनाउँछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्