०७ असार २०८३, आइतबार

छुवाछुतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

फागुन ४, २०८१
काठमाडौं
छुवाछुतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछुतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डलबाट ज्ञापनपत्र बुझेपछि उनले यस्तो बताएका हुन् ।

'प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छु । त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,' गृहमन्त्री लेखकले भने ।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए । 'संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैं लागिपरेको छु,' गृहमन्त्रीले भने ।

salt training

कमेन्ट गर्नुहोस्