
काठमाडौंको धोबीखोलामा कार खसेको छ।
बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।
उक्त कार काठमाडौं महानगरपालिका वडा नम्बर १० र २९ जोड्ने मदन भण्डारी कलेजसँगै रहेको पुलबाट खसेको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ ।
महानगर प्रहरी बलको टोली उद्धारका लागि खटिएको छ । मानवीय क्षति नभएको जनाइएको छ ।
यसअघि गत पुसमा पनि एउटा कार खोलामा खसेको थियो।




