२३ जेठ २०८३, शनिबार

युरोपमा मनाइयो जनयुद्ध दिवस

फागुन ४, २०८१
काठमाडौं
युरोपमा मनाइयो जनयुद्ध दिवस

तत्कालीन माओवादीले गरेको जनयुद्ध दिवस युरोपमा पनि मनाइएको छ । नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियमले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको ३० औँ जनयुद्ध दिवस मनाएको हो । 

कार्यक्रममा बोल्दै जनप्रगतिशील मञ्च बेल्जियमकी  महासचिव कल्पना मगरले माओवादी आन्दोलनका उपलब्धिहरूको चर्चा गरिन् भने  जनप्रगतिशील मोर्चा युरोपमा सल्लहाकार  विष्णु भुजेलले माओवादी आन्दोलनले सामाजिक समानता, न्याय, लैङ्गिक तथा वर्गीय विभेद हटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। 

यस्तै जनप्रगतिशील मञ्च, युरोपका सल्लाहकार लोक दाहालले माओवादी आन्दोलन नेपाली इतिहासको एक महत्त्वपूर्ण परिघटना भएकाले प्रवासी नेपाली समुदायलाई पनि नेपालको इतिहास, राजनीति, र भविष्यप्रति अझ बढी जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

जनप्रगतिशील मञ्च, युरोपका अध्यक्ष चित्र सुवेदीले माओवादी जनयुद्ध  नेपाली जनताको मुक्तिका लागि भएको ऐतिहासिक संघर्ष रहेको बताए। 

यस्तै जनप्रगतिशील मञ्च, युरोपका सल्लाहकार सुरेन्द्र भुसालले जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेका भन्दै परिवर्तनलाई संस्थागत गर्न सबै क्रान्तिकारीहरु एकजुट भएर लाग्नुपर्ने बताए । 

जनप्रगतिशील मञ्च बेल्जियमको  अध्यक्ष प्रकाश पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनिष गुरूङले स्वागत मन्तव्य राखेका थिए । 

 कार्यक्रममा जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योङहाङ, जनप्रगतिशिल मोर्चा युरोप सल्लाहकार राम गुरुङ जनप्रगतीशील मञ्च युरोप सल्लाहकार कृष्ण पौडेल लगायतले समेत मन्तव्य व्यक्त गरेका थिए।  

salt training

कमेन्ट गर्नुहोस्