
नवलपरासी, ६ मंसिर– नवलपरासीको बौदीकाली गाउँपालिका ६ नगरडाँडामा वाम गठबन्धनको चुनावी प्रचारमा प्रयोग गरीएको गाडी दुर्घटनामा परेको छ ।
साउण्ड सिस्टम र कलाकार लिएर कार्यक्रमस्थल नगरडाँडातर्फ जाँदै गर्दा उकालोमा जिपको बे्रकफेल हुँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर तीनजना कलाकार घाइते भएका छन् ।
कलाकार बोकेको जिप पल्टिएर जनमुक्ति पार्टीको चुनावी प्रसारमा प्रयोग गरिएको अर्को गाडमाथि खसेको थियो । जनमुक्ति पार्टीको प्रचारमा प्रयोग गरीएको गाडीमा भने मानिस नरहेकाले अन्य कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।