२८ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

फागुन ५, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।  

बिहान साढे ११ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।  

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । 

प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्