२२ जेठ २०८३, शुक्रबार

धनुषामा सात जोडीको दाइजोरहित सामूहिक विवाह

फागुन ५, २०८१
काठमाडौं
धनुषामा सात जोडीको दाइजोरहित सामूहिक विवाह

धनुषास्थित सतलोक आश्रममा ७ जोडीको दाइजोरहित सामूहिक विवाह गराइएको छ। समाजलाई दाइजोमुक्त बनाउने अभियानअन्तर्गत ७ आश्रममा जोडीको दाइजोरहित सामूहिक विवाह गराइएको हो । 

विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन गरिएको थिएन । बेहुला वा बेहुली दुवैपक्षको कुनै पनि खर्च भएको थिएन । आगन्तुकहरूलाई खाने तथा बस्ने व्यवस्था पनि आश्रमकै तर्फबाट गरिएको थियो ।

कार्यक्रममा पूर्वकेन्द्रीय सांसद रामचन्द्र झा, पूर्वमन्त्री मातृका प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरू उपस्थित थिए । 

मिथिला नगरपालिका- २ बेलाचापीस्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औँ बोध दिवस पनि यस वर्ष पनि भव्यताका साथ मनाइँदै छ । 

null

दिवसका अवसरमा सन्त रामपालजी महाराजका अनुयायीले फागुन ३ देखि ५ गतेसम्म आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन आइतबार विभिन्न सामाजिक कार्यक्रमहरू गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्