२४ जेठ २०८३, आइतबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग

फागुन ५, २०८१
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले बिरामी र उनीहरूको परिवारका लागि थप आराम सुनिश्चित गर्ने बैंकको विश्वास छ ।

गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो । यसको प्रधान कार्यालय कैलाली जिल्लामा रहेको छ भने सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौं बिरामीहरूलाई आवश्यक आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

राम्रो पूर्वाधारको आवश्यकतालाई स्वीकार गर्दै बैंकले सामुदायिक कल्याणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै अस्पताललाई सहयोग गरेको हो ।

'गेटा आँखा अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयासमा सहयोग गर्न पाउँदा हामी भएको छौं । यो पहल सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा हाम्रो प्रतिबद्धतासँग पङ्क्तिबद्ध छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै अस्पताल व्यवस्थापनले नयाँ सिट व्यवस्थाले बिरामी र उनीहरूका परिवारलाई ठूलो फाइदा विश्वास व्यक्त गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्