२५ जेठ २०८३, सोमबार

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

फागुन ५, २०८१
काठमाडौं
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुटका लागि सम्झौता गरिएको बैंकले जनाएको छ । 

यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूले प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट पाउने छन् ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ । ​

साथै बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्