
झापाको अर्जुनधारामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मधुगीता क्रसर उद्योगको को १ ख ७०१४ नम्बरको टिपरले सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका- २ का २५ वर्षीय मोहन किस्कूलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ गिटी अनलोड गरेर अगाडि बढाउने क्रममा टिपरले किस्कूलाई ठक्कर दिएको हो ।
ठक्कर दिने टिपर चालक मोरङ उर्लाबारीका ४१ वर्षीय गुमानध्वज खड्कालाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।