
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ ।
आठौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ओमानको राजधानी मस्कट पुगेकी उनले हिजो साँझ भारतीय विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।
भेटघाट फलदायी भएको मन्त्री राणाले उल्लेख गरेकी छन् । उनका अनुसार भेटमा नेपालको विकासमा निरन्तर सहयोग गरेकोमा भारतलाई धन्यवाद दिएकी थिइन् ।
भेटमा दुवैले नेपाल-भारत सम्बन्धलाई निरन्तर सुदृढ पार्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
सम्मेलनमामा भाग लिन भारत, नेपाल, ब्रुनाई, इरान, भुटान, बंगलादेश, श्रीलंकालगात देशका विदेशमन्त्रीहरू मस्कट पुगेका छन् ।