१२ असार २०८३, शुक्रबार

कांग्रेसकै कारण कपिलवस्तुको विकासले गतिलिन्छः उपाध्याय

कांग्रेसकै कारण कपिलवस्तुको विकासले गतिलिन्छः उपाध्याय

कपिलवस्तु ६ मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दीपकुमा उपाध्याले आफूले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा विजयी भए जिल्लाको विकासले थप गतिलिने विश्वास व्यक्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ ख अन्र्तगतका क्षेत्रमा आज भएको चुनावी घरदैलो कार्यक्रममा उहाँले अहिले सम्म कपिलवस्तुको समग्र विकासकालागि नेपाली कांग्रेसले उल्लेख्य भूमिका खेलेको बताउँदै यसको निरन्तरताकालागि पनि आफू र नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभयो ।

मायादेवी गाउँपालिकाका अभिराव, विजुवा र पिपरामा घरदैलो गर्न पुग्दा प्रतिनिधि सभाका उम्मेदवार उपाध्याय तथा प्रदेश सभा अन्र्तगत १ ख का उम्मेदवार राजेश आचार्यलाई मतदाताले भव्य स्वागत गरेका थिए ।

यसैगरी समानुपातिक तर्फका उम्मेदवार अतहर कमाल मुसलमानले नेपाली कांग्रेसले अहिले सम्म कुरा भन्दा पनि धेरै काम गरेकाले जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्