
नेपालस्थित भारतीय दूतावासले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तरको सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको बताएको छ ।
भारत सरकारले आफ्नो देशमा रहेका नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चितका लागि आवश्यक सबै कदम चाल्ने पनि दूतावासको भनाइ छ ।
ओडिशाको भुवनेश्वरमास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति दूतावासले दुःख व्यक्त गरेको छ । यस कठिन घडीमा यस दूतावासले मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
दूतावासले घटनाको अनुसन्धान सुरु भइसकेको भन्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरिएको जनाएको छ ।