०७ असार २०८३, आइतबार

कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे

फागुन ६, २०८१
काठमाडौं
कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे

कतारका अमीर शेख तमिम बिन हमद अल-थानी सोमबार राति भारत भारत भ्रमणमा पुगेका छन्। उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा गएका थिए।

भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल-थानी फेब्रुअरी १७ देखि १८ सम्म भारत भ्रमणमा छन्।

कतार र भारतबीचको कूटनीतिक सम्बन्ध ७० को दशकमा सुरु भएको थियो।

कतारले जनवरी १९७३ मा भारतस्थित आफ्नो दूतावासको लागि पहिलो चार्ज डी'अफेयर्स नियुक्त गरेको थियो।

मे १९७४ मा, कतारले भारतमा आफ्नो पहिलो राजदूत नियुक्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्