२३ असार २०८३, मंगलबार

दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फागुन ६, २०८१
काठमाडौं
दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्यसूची छ। 

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

null

यस्तै मन्त्री भण्डारीले विद्युतीय व्यापार (ई कमर्स) विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने पनि संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०(८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

null


 

salt training

कमेन्ट गर्नुहोस्