०५ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ

फागुन ६, २०८१
काठमाडौं
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ

वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला विष्ट रहेकी छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली टेकुबाट पक्राउ गरेको हो । 

अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्