![प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे माइतीघरमा विरोध प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/P_lamsal_ktm_5_o6gmUhOfTb.jpeg)
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
विभिन्न प्लेकार्डसहित प्रदर्शनकारीहरूले न्यायको माग गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रकृति लम्सालको मृत्यु रहस्यमय भएको भन्दै राज्यले तत्काल सत्य-तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
भारतको उडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेल परिसरमा लम्साल मृत भेटिएकी थिइन् ।
तस्वीरहरू












