
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि (बुधबार) कतार भ्रमणमा जाने भएका छन् ।
नेपाली समाज कतार, मधेश प्रदेश समन्वय परिषद् कतार तथा विभिन्न संघसंस्थाको समन्वयमा आयोजना हुने होली महोत्सव, रमादान पर्व, शुभकामना कार्यक्रम तथा मधेश प्रदेश समन्वय समिति कतारको चौथो स्थापना दिवसमा सहभागिता जनाउन उनी त्यसतर्फ जान लागेका हुन् ।
एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादव फागुन ७ गते दिउँसो १४:५५ बजे एयर इन्डियाको विमानमार्फत नयाँ दिल्ली हुँदै कतार प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
यस्तै, उनी यही फागुन १२ गते दुबई हुँदै साँझ २०:४५ बजे हिमालय एयरलाइन्सबाट स्वदेश फर्कने कार्यक्रम छ।