१० साउन २०८३, आइतबार

बाढी र पहिरोबाट क्षति भएका २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

फागुन ६, २०८१
काठमाडौं
बाढी र पहिरोबाट क्षति भएका २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

अर्थ मन्त्रालयले गत असोज महिनाको दोस्रो साताको बाढी र पहिरोका कारण क्षति भएका सडक र पुलसहित २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।

फागुन ४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट माग गरिएको यस निर्णयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज (फागुन ६) सहमति दिएका हुन् ।

पुनर्निर्माणका लागि सहमति दिइएका २६ वटा आयोजनामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणको आयोजनाहरू छन् ।

सडक पुनर्निर्माण योजनामा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्ग लगायतका प्रमुख मार्गहरू समावेश छन्।

यसैगरी, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्