०८ साउन २०८३, शुक्रबार

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि अस्थायी कार्यालय र दरबन्दी सिर्जना गर्न सहमति प्रदान

फागुन ६, २०८१
काठमाडौं
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि अस्थायी कार्यालय र दरबन्दी सिर्जना गर्न सहमति प्रदान

जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्राधिकरणलाई सहमति प्रदान गरेका हुन् । यससँगै अब पुनर्निर्माणको काम अघि बढाउन सहज हुने भएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यान लगायतका जिल्लामा क्षति भएको थियो । 

यस्तै, उपप्रधानमन्त्री पौडेलले गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री पौडेलले मंगलबार आयोजना पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् । 

अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत छन् । 

salt training

कमेन्ट गर्नुहोस्