१२ असार २०८३, शुक्रबार

सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

फागुन ६, २०८१
काठमाडौं
सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलामको सूर्योदय नगरपालिका-१० घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।

पक्राउ परेकामध्ये थापाले १३ जनालाई सिंगापुर पठाउने भन्दै ७१ लाख १९ हजार र सुवेदीले चेक रिपब्लिक पठाउने भन्दै एक जनाबाट दुई लाख ५० हजार ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरू बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

पीडितले दिएको जाहेरी दरखास्तका आधारमा खोजी गरेर काठमाडौं उपत्यकाका भिन्नभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्